पानी ट्याङ्की लिक हुँदा अहमदावाद विमान दुर्घटना भएको हो ?
काठमाडौँ । २०२५ को जुन १२ का दिन अहमदाबाद विमानस्थलबाट उडान भरेको एयर इन्डियाको एआई–१७१ उडान केही बेरमै दुर्घटनाग्रस्त भयो ।
सो दुर्घटनामा परेर २२९ जना यात्रु, चालक दलका १२ सदस्य र १९ जना सवार रहेका कुल २६० जनाको मृत्यु भएको थियो ।
यसमा परेर मृत्यु भएका अमेरिकी नागरिकका परिवारका वकिलले विमान दुर्घटनाको विषयमा आश्यर्चजनक दाबी गरेका छन् ।
नयाँ प्रमाणहरूले विमानको पानी ट्याङ्कीमा चुहावटका कारण सर्ट सर्किट भएको सङ्केत गरेको अमेरिकी वकिल माइक एन्ड्रयूजले बताए । उनले विमानको ब्ल्याक बक्सको डेटा पनि मागेका छन् ।
अमेरिकी वकिलले एयर इन्डियाको विमान दुर्घटनामा पाइलटको गल्ती नभएको दाबी गरेका छन् । एयर इन्डियाको विमान दुर्घटनाबाट प्रभावित अधिकांश परिवारहरूको प्रतिनिधित्व गर्ने प्रख्यात अमेरिकी वकिल एन्ड्रयूजले विमान दुर्घटनासँग सम्बन्धित उडान डेटा रेकर्डर (एफडीआर)को बारेमा जानकारी माग गर्दै अमेरिकी कानुन अन्तर्गत निवेदन दिएका छन् ।
विमान पाइलटको गल्तीको कारणले नभएर पानी चुहिएर सर्ट सर्किट हुँदा दुर्घटनामा परेको एन्ड्रयूजले नयाँ प्रमाणको आधारमा दाबी गरेका छन् ।
इन्धन नियन्त्रण स्विचहरू सर्ट सर्किटका कारण स्वचालित रूपमा बन्द हुन सक्ने दाबी उनको थियो । एन्ड्रयूजले आफ्नो दाबीको समर्थनमा अमेरिकी सङ्घीय उड्डयन प्रशासन(एफएए) को उडान निर्देशनहरूलाई उल्लेख गरेका छन् ।
२०२५ को मे १४ मा सङ्घीय उड्डयन प्रशासनले जारी गरेको निर्देशनमा विमानको वाटरलाइन कपलिंगमा पानी चुहावटका धेरै घटनाहरू रिपोर्ट गरिएको उनले भनेका छन् ।
पानी चुहिएर विमानको इलेक्ट्रोनिक उपकरण क्षेत्रमा ओसिलोपन हुने निर्देशनहरूमा चेतावनी दिइएको पनि उनले बताए ।
एफएएका अनुसार, पानी चुहावटका कारण इलेक्ट्रोनिक उपकरणहरू भिजेको र सर्ट सर्किट हुन सक्ने भनिएको छ ।
आफ्नो निर्देशनमा एफएएले बोइङको ७८७–८, ७८७–९, ७८७–१० जस्ता केही मोडेलका विमानहरू स्पष्ट रूपमा उल्लेख पनि गरेको छ । दुर्घटनामा परेको एयर इन्डियाको विमान पनि ७८७–८ ड्रीमलाइनर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण