तीन भाषामा प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षीको बधाई
शनिबार, २८ भदौ २०८२, ०९ : २२
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
- मोदीले सामाजिक सञ्जालमा तीन भाषामा सन्देश पोस्ट गर्दै शुभकामना दिएका हुन्।
- उनले नेपाली, अंग्रेजी र हिन्दी भाषामा ट्वीट गर्दै कार्कीलाई बधाई दिए।
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा तीनवटा भाषामा सन्देश पोस्ट शुभकामना व्यक्त गरेका हुन्।
मोदीले नेपाली, अंग्रेजी र हिन्दी भाषामा लगातार तीनवटा ट्वीट गर्दै कार्कीलाई बधाई दिएका छन् । नेपालीमा लेखिएको पोस्टमा मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबारदेखि माइतीघरको ढल निकास खुलाउने र अतिक्रमण हटाउने अभियान सुरु हुने
-
बेबी पाउडरसम्बन्धी मुद्दा सल्ट्याउन साढे ५ अर्ब तिर्ने जोनसन एन्ड जोनसनको प्रस्ताव
-
सार्वजनिक स्थानमा गालीगलौज र सास्ती दिने तीन जना पक्राउ
-
२४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (तस्बिरहरू)
-
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण