शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अन्तरिम सरकार गठनबारे पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : दोस्रो राम्रो विकल्प यही हो

शनिबार, २८ भदौ २०८२, ०९ : ४२
शनिबार, २८ भदौ २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले पछिल्लो राजनीतिक घटनाक्रमलाई 'दोस्रो राम्रो विकल्प' भनेका छन्।
  • उनले संविधान संशोधन र नयाँ निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताए।
  • भट्टराईले राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरी निर्वाचन घोषणा गर्नुपर्ने सुझाव दिए।

काठमाडौँ । वैकल्पिक राजनीतिको वकालत गर्दै आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘दोस्रो राम्रो विकल्प’ को रूपमा लिएको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिमा सबैभन्दा उत्तम विकल्प भनेको संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति र त्यसपछि संसद् विघटन गरेर नयाँ निर्वाचनमा जानु रहेको उल्लेख गरेका हुन्।

भट्टराईले भनेका छन्, ‘आन्दोलनकारीहरूले उक्त विकल्प नमानेपछि र पुराना राजनीतिक दलहरूले आलटाल गर्ने सम्भावना बढेपछि दोस्रो विकल्पको रूपमा राष्ट्रपतिले संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने र त्यसपछि सोही प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने विधि नै उत्तम रहेको छ।’

उनले आफूले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको बताए। डा. भट्टराईले यसलाई नेपाली इतिहासको अर्को महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैलाई यसलाई सही ढंगले ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक ध्रुवीकरणमा लाग्न आग्रहसमेत गरेका छन्।

546519617_3673932802903608_6860746834880776257_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप