सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सुशीला कार्कीलाई यही संसद्ले प्रधानमन्त्री बनाउन सक्ने विकल्प थियो – योगेश भट्टराई

शनिबार, २८ भदौ २०८२, १३ : ०२
शनिबार, २८ भदौ २०८२

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुशीला कार्कीलाई यही संसद्ले प्रधानमन्त्री बनाउन सक्ने विकल्प रहेको तर त्यसो नगरिएकोमा दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा शनिबार दिउँसो लाइभ आएका भट्टराईले संसद्लाई विघटन गरिनु सही निकास नभएको बताए । 

साथै आन्दोलनको पूर्वमूल्यांकन र राज्यले सुरक्षा दिन नसक्दा अकल्पनीय क्षति भएको र आफूलाई अत्यन्तै दुःख लागेको उनको भनाइ थियो । 

जेनजी पुस्ताको हातबाट भदौ २४ गतेको आन्दोलन नभएको पनि उनले बताएका छन् । 'कसै न कसैले यो आन्दोलनलाई आगोमा रोटी सेक्ने काम गर्‍यो', उनले भने, ‘त्यसप्रति म अत्यन्तै खेद व्यक्त गर्न चाहन्छु ।’

२३ गतेको घटना पनि निष्पक्ष र न्यायिक छानबिन गर्न उनले माग गरेका छन् । 'दोषीहरूमाथि कारबाही होस् । २४ गतेको घटनामा पनि न्यायिक र उच्चस्तरीय छानबिन होस् । आपराधिक मनोवृत्तिका मानिसहरूमा पनि छानिबन होस्,' उनले भनेका छन्, 'फेरि पनि हामी संक्रमणकालमा छौँ । संवैधानिक बाटोबाट अगाडि बढोस् । जेनजी पुस्ताले भनेअनुसार सरकार बनाउनेमा विमत्ति छैन । यसलाई बढीभन्दा बढी संवैधानिक बाटोबाट अगाडि बढाइयोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप