जितपुर सिमरामा आइतबारदेखि विद्यालय र वडा कार्यालयहरू सञ्चालनमा आउने
सारांश
- जितपुर सिमरा उपमहानगरपालिकाका विद्यालय र वडा कार्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने भएका छन्।
- आन्दोलनका क्रममा ६ वटा वडा कार्यालयमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ।
- आन्दोलनकारीले महत्त्वपूर्ण कागजात जलाएपछि राष्ट्रिय परिचयपत्र सेवा तत्काल सुरु गर्न समस्या हुने भएको छ।
बारा । जेनजी आन्दोलनका कारण बन्द रहेका जितपुर सिमरा उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय र वडा कार्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने भएका छन्।
उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले शनिबार बिहान सामुदायिक र संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि पठनपाठन सुचारु गर्ने निर्णय भएको जानकारी दिए।
आन्दोलनका क्रममा उपमहानगरभित्रका २४ वटा वडा कार्यालयमध्ये ६ वटामा आगजनी र तोडफोडबाट पूर्ण क्षति पुगेको नगरप्रमुख पौडेलले बताए। उनले भने, ‘तोडफोड भएका वडा कार्यालयहरूबाट सेवा कसरी सुचारु गर्ने भन्ने विषयमा वडाध्यक्ष र वडा सचिवहरूले नै निर्णय गर्नुहुन्छ।’
आन्दोलनकारीहरूले उपमहानगरको पञ्जीकरण, जिन्सी शाखा र राष्ट्रिय परिचयपत्रसम्बन्धी महत्त्वपूर्ण कागजातहरू जलाएर नष्ट गरेकाले राष्ट्रिय परिचयपत्रको सेवा तत्काल सुरु गर्न समस्या हुने पनि नगरप्रमुख पौडेलले बताए।
मंगलबारदेखि उपमहानगरका सबै वडा कार्यालय र विद्यालयहरू पूर्ण रूपमा बन्द रहेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण