शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

आक्रमणमा परेका देउवा दम्पतीबारे बोलेन कांग्रेस कार्यसम्पादन समिति

आइतबार, २९ भदौ २०८२, ११ : ११
आइतबार, २९ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रमण भयो।
  • आक्रमणपछि देउवा दम्पतीलाई नेपाली सेना र सशस्त्र प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेको थियो।
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले देउवाको स्वास्थ्य लाभको कामनासमेत गरेन।

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भौतिक आक्रमणमा पर्नेमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परे । भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा रहेका देउवा र उनीकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जेनजी समूहका आन्दोलनकारीले भौतिक आक्रमण गरेका भिडियोहरू बाहिरिएका छन् ।

उनीहरूमाथि भौतिक आक्रमण मात्रै भएन निवास पनि जलेर ध्वस्त भएको छ । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरीले दुवै जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरेर सुरक्षित स्थानमा पुर्‍यायो । अहिले  देउवा दम्पती सुरक्षित स्थानमा छन् ।

वृद्ध अवस्थामा पुगेका पार्टी सभापतिमाथि भएको आक्रमणको सामाजिक सञ्जाल र अन्य पक्षबाट विरोध भइरहेका छन् । तर देउवा जुन पार्टीको सभापति छन्, त्यो पार्टीको शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भने उनलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छैन । देउवाले नै बनाएका पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवाको नाम थरसमेत लेख्न कन्जुस्याइँ गरिएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेको उपचारको प्रबन्ध गर्न ध्यानाकर्षण गराइएको छ । ‘पछिल्लो आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । सम्पूर्ण घाइतेको सम्पूर्ण उपचार प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

बैठक उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । खड्का पनि कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा प्यानलबाटै उपसभापतिमा निर्वाचित भएका थिए । तर, उनले पनि देउवाबारे एक वाक्य पनि राख्न सकेनन् ।

यस्तो छ कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्ति-

NC 1NC 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप