जेनजी आन्दोलनको क्रममा छुटेका मुद्दाको सुनुवाइ ३० दिनभित्र हुन्छ : रौतहट जिल्ला अदालत
सारांश
- रौतहट जिल्ला अदालतले जेनजी आन्दोलनका कारण छुटेका मुद्दाको सुनुवाइ ३० दिनभित्र गर्ने भएको छ।
- अदालतले साउन २४ गतेदेखि उपस्थित हुन नसकेका मुद्दामा ३० दिनभित्र उपस्थित भई कार्य सम्पादन गर्न सकिने जनाएको छ।
- आन्दोलनका कारण रौतहटमा दर्जनौँ सरकारी तथा निजी भवनमा आगजनी हुँदा करोडौँको क्षति भएको छ।
रौतहट । जेनजी आन्दोलनका कारण छुटेका मुद्दाहरूको सुनुवाइ अब ३० दिनभित्र गरिने भएको छ। रौतहट जिल्ला अदालतले आज एक सूचना जारी गर्दै विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो।
अदालतले सार्वजनिक गरेको सूचनाअनुसार साउन २४ गतेदेखि अदालतमा उपस्थित हुन नसकी गुज्रिएका म्याद वा तारिख भएका मुद्दामा अब आगामी ३० दिनभित्र उपस्थित भई कार्य सम्पादन गर्न सकिनेछ। यो व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९५ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२९ बमोजिम सर्वोच्च अदालतको आदेशका आधारमा गरिएको हो।
त्यसैगरी अदालतले प्रविष्ट कानून बमोजिम दर्ता हुने फिरादपत्र, पुनरावेदनपत्र, प्रतिउत्तरपत्र, निवेदन तथा लिखत दर्ता गर्ने कार्य निरन्तर सञ्चालन हुने जनाएको छ। तर नियमित पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ भने विजयादशमीको बिदा पछि मात्र हुने स्पष्ट गरिएको श्रेस्तेदार उपसचिव केशरनाथ अर्यालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
यसअघि २३ र २४ गते जेन जी आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभर निषेधाज्ञा तथा कर्फ्यु जारी गरेको थियो। पछिल्लो सुरक्षात्मक मूल्यांकनअनुसार आईतवारदेखि जिल्लाका अधिकांश स्थानमा कर्फ्यु हटाइएको भए पनि गौरको केही स्थानमा भने यथावत् कायम रहेको प्रशासनले जनाएको छ।
आन्दोलनका क्रममा गौर, गरुडा, चन्द्रपुर, कटहरिया लगायतका स्थानमा दर्जनौँ सरकारी तथा निजी भवनहरूमा आगजनी गरिएको थियो। जसबाट करोडौँको क्षति पुगेको अनुमान छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण