एसिया कपमा आज दुई खेल
सारांश
- एसीसी एसिया कप क्रिकेटमा आज ओमान र युएईबीच प्रतिस्पर्धा हुँदैछ।
- समूह ‘ए’ मा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ।
- श्रीलङ्काले हङकङसँग खेल्नेछ, र जित निकाल्दै अघिल्लो चरण प्रवेशको योजनामा छ।
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा ओमानले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
शेख जायद क्रिकेट मैदानमा हुने ओमान र यूएइबिचको खेल नेपाली समय अनुसार बेलुका ५ः ४५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित भएका दुवै टोली आजको खेलमा जित निकाल्ने योजनामा छन् ।
ओमान पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने युएई पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अघिल्लो चरण प्रवेश गर्नका लागि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । आजको खेलमा पराजित हुने टोली अघिल्लो चरण प्रवेशको सम्भावनाबाट बाहिरिनेछ ।
त्यसैले पनि आजको खेल महत्त्वपूर्ण छ । समूह ‘ए’ मा भारतले दुई खेलमा दुवै जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यता पाकिस्तान २ अंकका साथ दोस्रो स्थानमा छ ।
आज नै हुने समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलङ्काले हङकङसँग प्रतिस्पर्धा गर्नेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोली बिचको खेल नेपाली समयअनुसार ८ः १५ बाट सुरु हुनेछ ।
श्रीलङ्का आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाउने योजनामा छ । श्रीलङ्काले पहिलो खेलमा बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा आफूलाई बलियो साबित गरिसकेको छ ।
यता हङकङ प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । हङकङ, बङ्गलादेश र अफगानिस्तानसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दाबी
-
जीप दुर्घटनामा ८ जना घाइते
-
सडक स्तरोन्नति गर्न सहमति
-
शून्यतासँगको साक्षात्कार: भोटेकोसी बन्जीको अविस्मरणीय अनुभव
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण