शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला

सोमबार, ३० भदौ २०८२, १५ : २५
सोमबार, ३० भदौ २०८२

विराटनगर ।  विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ । सोमबार दिउँसो भाटभटेनीको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हालै देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेका थिए ।  सोही क्रममा लुटपाट गर्न सुपरमार्केटभित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइन् । ‘शव पूर्ण रूपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ,’ उनले भनिन्, ‘हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौँ र घटनाको थप अनुसन्धान गरिरहेका छौँ ।’

विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीको एक समूहले एटिएम तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको बताइएको छ । जसका कारण सुपरमार्केट पूर्णरुपमा जलेर नष्ट भएको थियो । 

आगजनीकै क्रममा अन्य व्यक्तिहरु पनि हराइरहेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप