शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले मङ्गलबारबाट पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्ने

सोमबार, ३० भदौ २०८२, १५ : ५३
सोमबार, ३० भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको आन्दोलनमा पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ।
  • आन्दोलनका क्रममा पार्टीका केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा आगजनी र तोडफोड भएको छ।
  • आन्दोलनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र डा. आरजु राणाको निवासमा तोडफोड र कुटपिट गरेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसले मङ्गलबारबाट भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयसमेत आन्दोलनका क्रममा जलाएर ध्वस्त पारिएकाले सोमबारसम्म काम गर्न नपाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘जेनजी प्रदर्शनका क्रममा जलेको केन्द्रीय कार्यालयमा काम गर्नका लागि अस्थायी संरचना बनाएका छौँ । मङ्गलवारबाट मुलुकभरका पार्टी संरचनामा भएका क्षतिको विवरण सङ्कलन थाल्छौँ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने ।

आन्दोलनका क्रममा कांग्रेसका केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश, जिल्लासहितका कार्यालयमा आगजनी र तोडफोड भएका छन् ।

पार्टीका तर्फबाट सांसदमा निर्वाचित भएर विभिन्न कालखण्डमा मन्त्री भएकाहरूका निजी निवाससमेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । अहिलेसम्म पार्टीका कति संरचनामा क्षति भयो भन्न सक्ने अवस्था नरहेको पौडेलले जानकारी दिए ।

आन्दोलनकारीले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी पार्टी केन्द्रीय सदस्य डा.आरजु राणालाई बुढानीलकण्ठस्थित निवासमा कुटपिट गरेका थिए ।

उनीहरूको अहिले उपचार भइरहेको छ । सभापति देउवा निवास पनि आन्दोलनकारीले जलाएर ध्वस्त पारिदिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप