डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला
मङ्गलबार, ३१ भदौ २०८२, ११ : १५
सारांश
- डडेल्धुराको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ।
- मृत्यु भएकी महिलाको पहिचान र मृत्युको कारण खुल्न सकेको छैन।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शवलाई अस्पतालमा राखिएको छ।
धनगढी । डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो।
सोमबार करिब ३५ वर्षकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। नदी किनारमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली पुगेर घटना स्थलको अनुसन्धान गरेको छ।
शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर विष्टले बताए। महिलाको पहिचान र मृत्युको कारणबारे हालसम्म केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण