सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा जलेका सरकारी भवनको स्थलगत अनुगमन
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले जेनजी आन्दोलनबाट क्षति भएका सरकारी कार्यालयको अनुगमन गरेका छन्।
- आन्दोलनका क्रममा प्रदेशभर २३३ वटा भौतिक संरचनामा क्षति पुगेको छ, जसमा कैलाली र कञ्चनपुरमा ठूलो प्रभाव परेको छ।
- आगजनीबाट सरकारी कार्यालयका फर्निचर, कम्प्युटर र कागजात जलेर नष्ट भए भने अर्बौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालयहरूको स्थलगत अनुगमन गरेका छन् । मंगलबार बिहान उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, प्रदेश सभा भवन र सामाजिक विकास मन्त्रालय लगायतका संरचनामा पुगेर क्षतिको जानकारी लिएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशमा ठुलो भौतिक क्षति पुगेको छ । प्राप्त विवरणअनुसार, प्रदेशभर २३३ वटा भौतिक संरचनामा क्षति पुगेको छ, जसमा १५ प्रहरी कार्यालय, १४९ सरकारी कार्यालय, ३५ व्यापारिक तथा निजी भवन र ३४ वटा पार्टी कार्यालय रहेका छन् ।
आन्दोलनले सबैभन्दा बढी कैलाली र कञ्चनपुर जिल्लामा प्रभाव पारेको छ ।कैलालीमा मात्रै १०८ वटा सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको बताइएको छ ।
प्रदर्शनका क्रममा सवारीसाधनमा पनि व्यापक क्षति भएको छ । प्रदेशमा ६८८ वटा सवारी साधनमा क्षति पुगेको छ, जसमा १ सय १० वटा चार पाङ्ग्रे सवारी र ५ सय १५ भन्दा बढी दुई पाङ्ग्रे सवारी नष्ट भएका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा रहेका मुख्यमन्त्री, मन्त्री र सचिवले प्रयोग गर्ने ११ वटा गाडी पनि जलेर नष्ट भएका छन् ।
आगजनीबाट सरकारी कार्यालयका फर्निचर, कम्प्युटर, महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् भने केही सामान चोरी समेत भएको छ ।मुख्यमन्त्रीको कार्यालय जलेर खण्डहर बनेको छ, जसको पहिलो र दोस्रो तला लगभग पूर्ण रूपमा खरानी भएको छ ।यस्तै, प्रदेश सभा सचिवालयको भवनमा समेत आगजनी गरिएको छ र त्यहाँ रहेका मोटरसाइकल तथा फर्निचरहरू जलाइएको छ ।
यो आन्दोलनका कारण अर्बौं रुपैयाँ बराबरको सरकारी संरचना ध्वस्त भएको अनुमान गरिएको छ ।क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको र प्रहरीले मुचुल्का उठाएर सेवा प्रवाहको तयारी गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण