सुदूरपश्चिम कारागारबाट भागेका ६०८ कैदी कारागार फर्किए
मङ्गलबार, ३१ भदौ २०८२, १३ : ०७
सारांश
- सुदूरपश्चिमका कारागारबाट भागेका ६०८ कैदीबन्दी फर्किएका छन्।
- जेनजी आन्दोलन पछिको प्रदर्शनका क्रममा १,४५८ कैदीबन्दी फरार भएका थिए।
- फरार भएका ८५० जना अझै फेला परेका छैनन्, खोजी कार्य जारी छ।
धनगढी । सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु मध्ये सोमबारसम्म ६०८ जना फर्किएका छन् । जेनजी आन्दोलन पछिको प्रदर्शनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारहरूबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफैँ र कतिपयलाई नियन्त्रणमा लिएर फर्काइएको हो । भागेकामध्ये ८५० जना अझै फरार छन् ।
सम्बन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै फरारहरूको खोजीका लागि प्रहरी टोलीसमेत परिचालन गरिएको छ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण