महाकाली लोकमार्ग अवरुद्ध
मङ्गलबार, ३१ भदौ २०८२, १३ : ०९
सारांश
- बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ।
- महाकाली लोकमार्गको सतबाँझ-गोकुलेश्वर सडक खण्डमा मंगलबार बिहान पहिरो खसेको हो।
- सडक अवरुद्ध हुँदा दार्चुला र अन्य जिल्लाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन्।
धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् ।
सडकमा खसेको पहिरो पन्छ्याउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उक्त पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण