सुदूरपश्चिम : भारतसँग सिमाना जाेडिएका नाकाहरु सञ्चालन
मङ्गलबार, ३१ भदौ २०८२, १३ : १३
सारांश
- सुदूरपश्चिमका सीमा नाकाहरू जेनजी आन्दोलनका कारण बन्द भएपछि पुनः सञ्चालनमा आएका छन्।
- कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर गौरीफन्टा, बैतडीको झुलाघाटसहितका नाकाहरूमा आवागमन सुरु भएको छ।
- भारतीय पक्षले नेपाली नागरिकको प्रवेशमा रोक लगाएकोमा अहिले दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको छ।
धनगढी । जेनजी आन्दोलनका कारण केही दिन बन्द रहेका सुदूरपश्चिमका सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन् ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर गौरीफन्टा, बैतडीको झुलाघाटसहितका भारतसँगको प्रमुख सीमा नाकामा आजदेखि आवागमन सुरु भएको हो । भारतीय पक्षले गत हप्ता देखिएको
तनावपछि नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो ।
अहिले नाकामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । नाकामा आवतजावत सहज बनाउन दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण