शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अनलाइन बेटिङ एपको प्रवर्द्धन, युवराज र उथप्पालाई ईडीको नोटिस

मङ्गलबार, ३१ भदौ २०८२, १४ : ०६
मङ्गलबार, ३१ भदौ २०८२

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी युवराज सिंह र रोबिन उथप्पालाई अनलाइन बेटिंग एप वानएक्स बेटको प्रवर्द्धन गरेको आरोपमा भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले नोटिस पठाएको छ।

ईडीले युवराजलाई सेप्टेम्बर २३ र उथप्पालाई सेप्टेम्बर २२ मा दिल्लीस्थित आफ्नो मुख्यालयमा उपस्थित हुन आदेश दिएको छ। यस मुद्दामा बलिउड अभिनेत्री उर्वशी रौतेलालाई पनि आज सोधपुछ गरिँदैछ। 

यसअघि नै ईडीले क्रिकेटरहरू शिखर धवन, सुरेश रैना, र हरभजन सिंह लगायत पूर्व सांसद तथा अभिनेत्री मिमी चक्रवर्तीसँग पनि सोधपुछ गरिसकेको छ।

वानएक्स बेट एक अनलाइन सट्टेबाजी एप हो जसले विश्वभर खेलकुदका विभिन्न प्रतियोगिताहरूमा बाजी लगाउने सुविधा दिन्छ। यसको वेबसाइट र एप ७० भन्दा बढी भाषाहरूमा उपलब्ध छ। 

यो अनुसन्धान गैरकानूनी सट्टेबाजी एपहरूमाथि केन्द्रित छ, जसले मानिसहरूलाई ठगी गरेको र ठूलो मात्रामा कर छली गरेको आरोप लागेको छ।

भारतमा सट्टेबाजी सधैँ गैरकानुनी मानिन्छ। यसअघि सर्वोच्च अदालतले ड्रीम-११, रम्मी, र पोकर जस्ता काल्पनिक खेलहरूलाई ‘सीपमा आधारित खेल’ भनेर परिभाषित गरेको थियो, जसलाई भारतीय कानुनअनुसार वैध मानिन्थ्यो। तर, हालै भारत सरकारले अनलाइन गेमिङ विधेयक २०२५ पारित गरेको छ। यो विधेयकले अनलाइन बेटिङ र सीपमा आधारित सबै प्रकारका अनलाइन गेमिङ एपहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

यसै विधेयकको आधारमा, सेलिब्रिटीहरूले गैरकानुनी मानिएको वानएक्स बेट जस्ता एपहरूको प्रवर्द्धन गरेको भन्दै ईडीले अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप