बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु
बुधबार, ०१ असोज २०८२, १२ : ०६
१
सारांश
- धादिङमा बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
- भदौ २५ गते एक महिलामाथि बलात्कार भएको थियो, जसको उपचार भइरहेको थियो।
- आरोपी फरार रहेका छन् र प्रहरीले खोजी गरिरहेको छ, भने परिवारले जाहेरी दिएका छन्।
काठमाडौँ । धादिङमा बलात्कार पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको छ । भदौ २५ मा निलकण्ठ नगरपालिका वडा नम्बर–११ मा दिदीको घरमा जाँदा २९ वर्षीया महिलामाथि बलात्कार भएको थियो ।
स्वास्थ्य समस्या भएपछि परिवारले उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरेर उपचार गराउँदै थिए । शरीरमा रगतको मात्रा कम भएर बुधवार पीडितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
बलात्कारमा संलग्न आरोपी फरार छन् । आरोपीको पहिचान खुलेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । परिवारका सदस्यहरूले बलात्कारमा अनुसन्धान गर्न जाहेरी दिएका छन् । त्यस्तै, पीडित युवतीका आफन्तहरूले अस्पतालको तापरवाहीका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
-
मुद्रास्फीति लक्ष्यभित्रै, विदेशी विनिमय सञ्चितिले १९ महिनाको आयात धान्ने
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण