अत्तरिया डीडीसी कार्यालयको ताला खुल्यो, किसानले ४ महिनादेखिको भुक्तानी पाउने
काठमाडौँ । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को प्रशासन कार्यालयमा करिब चार महिनादेखि लगाइएको ताला खुलेको छ । कार्यालय धनगढी सार्ने निर्णयको विरोधमा स्थानीयले लगाएको ताला मंगलबार सर्वपक्षीय सहमतिमा खोलिएको हो ।
ताला खुलेलगत्तै डीडीसीले किसानको रोकिएको भुक्तानी बुधबारदेखि सुरु गर्ने जनाएको छ । डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईका अनुसार पहिलो चरणमा माघ महिनाको डेढ करोड रुपैयाँ तत्काल भुक्तानी गरिनेछ ।
गत माघदेखि किसानले दुधको भुक्तानी पाउन सकेका थिएनन्। हालसम्म किसानको करिब साढे ६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र त्यसलाई क्रमशः चुक्ता गर्दै जाने भट्टराईले बताए ।
डीडीसीको केन्द्रीय कार्यालयले तत्कालका लागि अत्तरियाबाटै सम्पूर्ण कामकारबाही सञ्चालन गर्ने गरी पत्र पठाएपछि ताला खोल्न सहमति जुटेको हो ।
मंगलबार बिहान बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले ताला खोल्ने निर्णय गरेको थियो । बैठकमा दसैँभित्र किसानको सम्पूर्ण भुक्तानी गरिसक्ने र गोदावरी नगरपालिकाले डीडीसीको दिगो व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने सहमतिसमेत भएको छ ।
स्थानीयले डीडीसी कार्यालय धनगढी सार्न नहुने माग राख्दै जेठ ८ गतेदेखि तालाबन्दी गरेका थिए । तालाबन्दीकाबिच पनि प्रशासनिक कार्यालय भने धनगढी सारिएको थियो ।
डीडीसीले हाल कैलाली, कञ्चनपुर र डडेल्धुराका ५९ वटा सहकारी, समूह र कृषि फार्मबाट दैनिक २५ सयदेखि ३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण