सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
कतार

कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने

बुधबार, ०१ असोज २०८२, २२ : १८
बुधबार, ०१ असोज २०८२

सारांश

  • कतार लगानी प्राधिकरणले क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानी गर्ने घोषणा गरेको छ।
  • यो लगानीले इभान्होलाई विश्वव्यापी ऊर्जा सङ्क्रमण र उन्नत प्रविधिका लागि आवश्यक खनिजको विकासमा सहयोग गर्नेछ।
  • इभान्हो माइन्सका मुख्य परियोजनाहरू कङ्गोमा रहेका कामोआ-काकुला तामा खानी र किपुशी तामा खानी हुन्।

दोहा। कतार लगानी प्राधिकरणले बुधबार उप-सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ । 

खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद सैफ अल–सोवैदीले यो लगानीले इभानहोलाई ‘विश्वव्यापी ऊर्जा सङ्क्रमण र उन्नत प्रविधिका लागि आवश्यक पर्ने महत्त्वपूर्ण खनिजको खोज, विकास र दिगो आपूर्ति’ मा सहयोग पुग्ने बताएका छन् ।

इभान्हो माइन्सका कार्यकारी रोबर्ट फ्राइडल्याण्डले भने, “यो लगानी महत्त्वपूर्ण धातुहरूको अग्रणी आपूर्तिकर्ता हुन फर्मको प्रयासको समर्थन हो । यसले विश्वव्यापी अर्थव्यवस्थाको विद्युतीकरण, नयाँ ऊर्जा पूर्वाधारको विकास र एआईसहित उन्नत प्रविधिहरूको विकासलाई सञ्चालन गर्नेछ।”

भ्यानकुभरमा मुख्यालय रहेको इभान्हो माइन्सको मुख्य परियोजनाहरू यसको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेका कामोआ–काकुला तामा खानी र किपुशी तामा खानी हुन् । इभान्होले दक्षिण अफ्रिकाको प्लाट्रिफ खानीले सन् २०२५ को अन्त्यसम्म उत्पादन सुरु गर्न तयार छ।

क्यानेडियन फर्मले डीआर कङ्गो, अंगोला, जाम्बिया र कजाकिस्तानमा तामा अन्वेषण परियोजनाहरू पनि सञ्चालन गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप