महाकाली लोकमार्ग सञ्चालनमा
बिहीबार, ०२ असोज २०८२, १० : ५४
सारांश
- बैतडीको सलसेनामा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको थियो।
- सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि लोकमार्ग पुनः सुचारु भएको छ।
- पहिरोको जोखिम कायमै रहेको बताइएको छ, र हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो।
धनगढी । बैतडीको सलसेनामा पहिरो खस्दा अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि आज बिहान साढे ९ बजेतिर लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
लोकमार्ग सुचारु भएसँगै हिजो रातिदेखि रोकिएका गाडीहरू गन्तव्यतर्फ लागेका छन् ।
उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको बताइएको छ ।यसअघि मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण