‘ठूला दलका शीर्ष नेताकै कारण लोकतन्त्र असफल, राजीनामा दिनुपर्छ’
सारांश
- वरिष्ठ विश्लेषक पुरञ्जन आचार्यले ठूला दलका नेताहरूका कारण लोकतन्त्र असफल भएको बताए।
- आचार्यले जेन जी पुस्ताले देशका समस्या बुझेर आन्दोलन गरेको र सत्ता सञ्चालनको अनुभव नभएको स्वीकारेको बताए।
- उनले जेन जी पुस्ताले पुरानो पुस्ताले नबुझेको समस्या बुझेकोमा खुसी व्यक्त गरे।
काठमाडौँ । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूका कारण लोकतन्त्र असफल भएको र उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन्।
उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता ठूला दलहरूको नेतृत्व गरिरहेका नेताहरू असफल भएको प्रमाण आन्दोलनले पुष्टि गरिसकेको बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेता र नेतृत्वविरुद्ध जनता सडकमा निस्कनु नै उनीहरूको असफलताको प्रमाण भएको दाबी गरे।
आचार्यका अनुसार, सरकारको पतनसँगै कांग्रेस र एमालेका नेताहरूले पनि आफ्नो पार्टीमा राजीनामा दिनुपर्ने थियो, तर त्यसो हुन सकेन। आन्दोलनको आडमा भएको अपराध, तोडफोड र हत्याका घटनाले शीर्ष नेताहरू शासन चलाउन पूर्ण रूपमा असफल भएको स्पष्ट हुने उनले बताए।
उनी भन्छन्, ‘सत्ता बाहिर रहेको माओवादीका नेताले त झन् पहिले नै राजीनामा दिनुपर्ने हो। किनभने पार्टी हात्तीबाट मुसा जस्तो दुब्लाइसक्यो, तर पनि नेताले नेतृत्व छाडेका छैनन्। यी तीनै जना नेताले ‘हामीले यति गऱ्यौँ, अब हामीलाई बिदा दिनुहोस्’ भनेर गइसक्नुपर्ने हो। कार्यकर्ताहरूको चेत खुल्ने हो भने यो गर्नुपर्छ। होइन भने दासत्व स्वीकार गरेर बस्ने।’
आचार्यले जेनजी पुस्ताले देशका समस्याहरू बुझेर आन्दोलन गरेको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जेन जी आन्दोलन भविष्यउन्मुख रहेको बताएका हुन्।
भ्रष्टाचार र बेथिति विरुद्ध आवाज उठाउँदा ज्यान गुमाउनुपरेको र कुनै स्वार्थ नराखी राज्यसत्ता अर्को पुस्तालाई सुम्पिनु सुझबुझपूर्ण निर्णय भएको उनको भनाइ छ।
उनले नेपालको इतिहासमा आन्दोलनकारीहरू सत्तामा जानका लागि लुछाचुँडी गरेको देखिएको भए पनि जेन जीले आफू सत्तामा रहनका लागि अनुभवहीन रहेको र अनुभव भएका व्यक्तिहरूलाई सत्तामा राख्नु महत्त्वपूर्ण रहेको दाबी गरे। आन्दोलन सत्ता प्राप्तिका लागि भन्ने मान्यतालाई चिरेर जेन जी पुस्ताले एक उदाहरण प्रस्तुत गरेको उनको ठहर छ।
जेन जी पुस्ताले आफूहरू आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको कुरा बुझेको उनले बताए।
उनी भन्छन्, ‘यो आन्दोलनले नयाँ मानक स्थापित गरेको छ। त्यसलाई लिएर हामी जस्तो पुरानो पुस्ताले नयाँ पुस्तालाई धन्यवाद दिनुपर्छ। यो उमेरले आफ्नो क्षमतालाई, मुलुकलाई, मुलुकको विद्यमान ऐन, कानुनलाई बुझे। ‘हामी आन्दोलन गर्न सक्छौँ, आन्दोलन गरेर सत्ता त परिवर्तन गरिदिन सक्छौँ तर सत्तामा गएर सरकार चलाउन सक्दैनौँ, हामीसँग अहिले अनुभव छैन’ भन्ने बुझे। त्यो उनीहरूले आफैँले भनेका पनि छन्। नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या जुन पहिलाको पुस्ताले बुझेन, अहिलेको पुस्ताले बुझ्यो। पहिलेको पुस्ताले ‘हामी सबैकुरा जान्दछौँ’ भन्थ्यो।’
आचार्यले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन जी पुस्ताले बुझेकोमा खुसी व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण