'निर्वाचन आयोग समयमै निर्वाचन गराउन तयार छ'
सारांश
- निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समयमै निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए।
- उनले शान्ति सुरक्षाबिना निर्वाचन सम्भव नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए।
- भण्डारीले कानुनबमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूलाई सहभागी गराउनुपर्नेमा जोड दिए।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका छन्।
बिहीबार नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोगलाई कामबाट पन्छिने छुट नभएको उल्लेख गर्दै आफ्नो निष्ठामा कसैले प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता जनाएका हुन् ।
भण्डारीले शान्ति सुरक्षाबिना निर्वाचन सम्पन्न गर्न नसकिने भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले मुलुकमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको उल्लेख गर्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए। उनले कानुनबमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूलाई सहभागी गराउने र उनीहरू तथा स्वतन्त्र उम्मेदवारहरूलाई बिना कुनै अवरोध निर्बाध रूपमा प्रचार प्रसार गर्ने र आफ्ना धारणा राख्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन। निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गर्न तयार छ। त्यसका लागि हामीले पूर्वतयारी सुरु गरिसकेका छौँ। त्यसमा हामी सबै कर्मचारी साथीहरू खटिसक्नुभएको छ। सबै जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालयमा तयारी भइसकेको छ। पूर्ण प्रतिस्पर्धात्मक रूपमा निर्वाचनको सामग्री खरिद गर्न सक्यौँ भने स्वच्छ, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन गर्न सक्छौँ र निर्वाचन आयोगको निष्ठामा कसैले शङ्का गर्नेछैनन्। मुलुकमा शान्ति सुरक्षाको स्थिति बिग्रिएको छ। यो सबैलाई थाहा भएकै कुरा हो। सुरक्षाकर्मी बस्ने कतिपय भवन छैनन्, सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालय कतिपय ठाउँमा क्षतिग्रस्त छ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले चाँडै अध्यादेश ल्याएमा कानुनमा रहेका बाधा-अवरोधहरू हटेर मतदाता सङ्कलन लगायतका कार्यसम्पादनमा सहज हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण