पुनः निर्माणमा कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख सहयोग गर्ने
सारांश
- नेपाली कांग्रेस गण्डकी प्रदेशले पुनः निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरेको छ।
- बैठकले पुनः निर्माण कोष स्थापना गर्न र क्षतिको विवरण संकलन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।
- कांग्रेसले आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष छानबिनको माग गरेको छ।
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणमा १० लाख सहयोगको घोषणा गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा जम्मा हुने गरी १० लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल पुनः निर्माण प्रक्रिया सुरु गर्न, पुनः निर्माणको विस्तृत योजना बनाउन र क्षतिको यकिन विवरण संकलन गर्न पनि आग्रह गरेको छ ।
जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातका साधनमा ठूलो क्षति पुगेको छ । तर कति क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन । सबै विवरण छिटो संकलन गर्न पनि काँग्रेसले माग गरेको छ । यस्तै, जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनः निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएको भन्दै दलले सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिहरूको निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
यस्तै जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरूमा आफ्नो दल प्रतिबद्ध रहेको जनाएको छ ।
आन्दोलन पुर्व नै गण्डकी सरकारले लिएको चालू खर्च घटाउने, दरबन्दी कटौती गर्ने र कार्यालय समायोजनको निर्णय सुशासनमैत्री भएको बैठकको निर्णय छ ।
गण्डकी सरकारले ९ वटा कार्यालय खारेज गरेको थियो भने ३२ वटा कार्यालय समायोजन गरेर १७ वटामा झारेको थियो । यसबाट ३ सय भन्दा बढी कर्मचारीको दरबन्दी कटौती भैसकेको छ । सरकारीसँगै निजी क्षेत्रमाथि भएको आक्रमणमा पनि काँग्रेसले चासो दिएको छ । यस्ता आक्रमणले लगानीमैत्री वातावरण खलबलिने निजी क्षेत्रको चिन्ता छ । तर काँग्रेसले लगानीमैत्री वातावरण पुनः स्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वयात्मक पहल गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका नेताहरू लगायत आम नागरिकमाथि भएको आक्रमणको बैठकले भर्त्सना गरेको छ । संविधानको मर्म र भावनाअनुरूप विषम परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति कांग्रेस गण्डकीले सम्मान व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण