भ्रातृसंस्थाका कार्यकर्ताले सुरु गरे कांग्रेस केन्द्रीय कार्यालय सरसफाइ
आइतबार, ०५ असोज २०८२, १६ : ५३
सारांश
- नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले पार्टी केन्द्रीय कार्यालय सरसफाइ सुरु गरेका छन्।
- पार्टी कार्यालयको प्रारम्भिक लागत सङ्कलन अनुसार करिब दश करोड बराबरको क्षति भएको छ।
- भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालय आन्दोलनकारीले जलाइदिएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले पार्टी केन्द्रीय कार्यालय सरसफाइ सुरु गरेका छन् । तरुण दल, नेपाल विद्यार्थी सङ्घसहितका भ्रातृसंस्थाका कार्यकर्ताले पार्टी कार्यालय सफाइ सुरु गरेका हुन् ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार विज्ञप्ति जारी गरी आइतबारबाट पार्टी कार्यालय सरसफाइ गर्न पार्टी कार्यकर्ता र भ्रातृसंस्थालाई आह्वान गरेका थिए ।

भूकम्पको बेला प्रयोग गरिएका निर्माण सामाग्री कवचहरू जावेल ,साबेल ,फोहोर बोक्ने कराई ,स्वयंसेवक निलो ज्याकेट ,पन्जा, हेल्मेट सरसफाइ कार्यक्रम सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टी कार्यालयको प्रारम्भिक लागत सङ्कलन अनुसार करिब दश करोड बराबरको क्षति भएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालय आन्दोलनकारीले जलाइदिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण