‘कोशेढुङ्गा’को सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक
काठमाडौँ । सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुङ्गा’को सोरठी गीत ‘जाने कहाँ होला’ सार्वजनिक गरिएको छ । निर्माण टिमले दसैँ–तिहारको शुभकामनासहित यो गीत सार्वजनिक गरेको हो ।
गीतमा आशिष अविरल तथा सुशीला पाठकको स्वर छ । रमेश परियारका शब्द रहेको गीतमा अविरलकै संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ । गीतको रिदम सेक्सनमा भुवन गन्धर्व छन् भने बाँसुरीवादन गोपाल देव तथा बास गिटारमा अनुप दास रहेका छन् । यो गीत रागा स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा झिलिमिली बत्तीसहितको पृष्ठभूमिमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री सुरक्षा पन्त, नीति शाह, मञ्जिल कुमार आदि कलाकारको नृत्य छ । तिहारको माहौल अनुभव गर्न सकिने यो गीत सुन्दा जति कर्णप्रिय छ, भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।
सुमन सागर जंग केसीले गीतमा कोरियोग्राफी गरेका छन् । गत भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, मञ्जिल कुमार, सरोज खनाललगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण