बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अनमोलसँग रोमान्टिक आँचल

सोमबार, ०६ असोज २०८२, १३ : ०४
सोमबार, ०६ असोज २०८२

काठमाडौँ । असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक भएको छ । निर्माण संस्था अनन्या फिल्मस्ले सोमबार घटस्थापनाको अवसर पारेर गीत सार्वजनिक गरेको हो ।

गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ । गीतमा कोरियोग्राफी किरण थापाको छ । थापाले अनमोल र आँचललाई रोमान्टिक जोडीका रूपमा उतारेका छन् । अनमोल र आँचलको केमेस्ट्री आकर्षक देखिन्छ ।

आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतको संगीत जयन जे वाइबाले दिएका हुन् । वाइबाकै शब्द र साउन्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङछ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल र आँचलको अलवा जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायतको अभिनय छ । 

सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माताको रूपमा रहेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।

अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् । फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप