चलचित्र ‘हरिबहादुरको जुत्ता’ काे सेन्सर पास
मङ्गलबार, ०७ असोज २०८२, १४ : ५२
काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । अब यो चलचित्र सबैले उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदै छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रका सम्पादक नकुल खड्का हुन् ।
चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण