शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्‍यो’ मा सागरको जोडी रोशनी

मङ्गलबार, ०७ असोज २०८२, १४ : ५९
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’को शीर्ष भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का अनुबन्ध भएकी छिन् । राजु गिरीको निर्देशनमा बन्ने चलचित्रमा रोशनीलाई दसैँको अवसर पारेर अनुबन्ध गरेको हो ।

‘मिस नेपाल २०२५’मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई ‘डल्लेले इन्ट्री मार्‍यो’ मा चर्चित हाँस्य कलाकार सागर लम्साल (बले) को जोडीका रूपमा देख्न पाइनेछ । कलाकार लम्साल यसै चलचित्रमार्फत हिरोको रूपमा देखिन लागेका हुन् । 

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायतका कलाकारले अभिनय रहनेछ ।

श्याम तामाङको छायाङ्कन, देव महर्जनको द्वन्द्व, अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको सङ्गीत रहने चलचित्रको छायाङ्कन चितवन र काठमाडाैँमा हुनेछ ।

सामाजिक कथानक हास्य प्रधान चलचित्र उषा फिल्मसको ब्यानरमा बन्न लागेको हो । चलचित्रको सुटिङ दसैँपछि सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप