प्रदीप पौडेललाई नियमित महाधिवेशनमा जान ४१ क्षेत्रीय सभापतिको सुझाव
सारांश
- नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई ४१ क्षेत्रीय सभापतिले नियमित महाधिवेशन गर्न सुझाएका छन्।
- भर्चुअल कुराकानीमा नेतृत्व परिवर्तनको पक्षमा लाग्न सभापतिहरूले सुझाएका थिए, केहीले विशेष महाधिवेशनको कुरा उठाए।
- पौडेलले सुझाव सङ्कलन गरी केन्द्रीय समितिमा प्रस्तुत गर्ने र पार्टी रूपान्तरणको आवश्यकता रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई ४१ क्षेत्रीय सभापतिले वर्तमान परिस्थिति चिर्दै अगाडि बढ्न नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न सुझाएका छन् ।
भर्चुअलमा पौडेलले वर्तमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर ४१ क्षेत्रीय सभापतिसँग कुराकानी गरेका थिए । त्यो कुराकानीमा नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तनको पक्षमा लाग्न क्षेत्रीय सभापतिहरूले सुझाएको पौडेलले रातोपाटीलाई जानकारी दिए । केहीले भने नियमित महाधिवेशन हुने सम्भावना नभएकाले विशेष महाधिवेशनमा जानुपर्ने बताएको पौडेलले जानकारी दिए ।
पौडेलले अबको केही समय निरन्तर सुझाव सङ्कलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने बताए ।
नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रूपान्तरण आवश्यक रहेको बताएका पौडेलको भनाइ छ । आफूले कसरी र कस्तो रूपान्तरण आवश्यक हो भनेर अन्तर्क्रिया गर्दा त्यस्तो धारणा आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण