समाचार
नेताहरूको निवासमा भेटिएका अवैध पैसाबारे रास्वपाको चासो
सत्यतथ्य छानबिन गर्न सरकारकाे ध्यानाकर्षण
बुधबार, ०८ असोज २०८२, २२ : १२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी प्रदर्शनका क्रममा नेताहरूको निवासमा भेटिएका अवैध पैसाबारे चासो देखाएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइने बताएको छ ।
जेनजी आन्दोलनका क्रममा नेताहरूको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराइने प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत भदौ २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा नेताहरूको निजी निवासमा आगजनी तथा तोडफोड गरिएकाे थियाे । सो क्रममा नेताहरूकाे निवासमा पैसा समेत भेटिएको विषय बाहिरिएकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
-
युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी हुँदा नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित
-
राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिकाे ध्यानाकर्षण
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण