राजनीति
माओवादी केन्द्रीय समिति बैठक सुरु, महासचिवद्वारा एजेन्डा पेस
बिहीबार, ०९ असोज २०८२, ११ : ५२
सारांश
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंको प्रज्ञा भवनमा सुरु भयो।
- बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरे र अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्नेछन्।
- विशेष महाधिवेशन, निर्वाचन, पार्टी एकता, र राहतका विषयमा बैठकमा छलफल हुनेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। राजधानीको प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन्।
बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ।
बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा समेत विस्तृत छलफल हुने छ।
यस्तै, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका मुद्दा तथा अन्य विविध एजेन्डा पनि बैठकमा उठाइने कार्यक्रम छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण