सिम्रन परियारको स्वरमा ‘चुना लाएर’ सार्वजनिक
सारांश
- सिम्रन परियारको स्वरमा रहेको 'चुना लाएर' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
- भिडियोमा मोडल इशा परियारको नृत्य रहेको छ, जसले यसअघि पल शाहसँग पनि काम गरिसकेकी छिन्।
- विशाल कैनीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा बदलाको कथा समेटिएको छ।
काठमाडौँ । सिम्रन परियारको स्वरमा समावेश ‘चुना लाएर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बाबुल गिरीको संगीत छ ।
गीतको भिडियोमा मोडल इशा परियारले नृत्य गरेकी छिन् । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यो गीतको भिडियोमा आकर्षक नृत्य गरेकी छिन् ।
उनले, यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको भिडियोमा पनि काम गरिसकेकी छिन् । साथै, इशाले एक दर्जन बढी भिडियोमा पनि नृत्य गरेकी छिन् । यो भिडियोमा उनको मिहिनेत प्रस्ट झल्किएको छ ।
भिडियोमा उनको साथमा विशाल कैनी, रमेश अधिकारी, रमेश बुढाथोकी र दीपेन्द्र कुँवरको पनि अभिनय हेर्न सकिन्छ ।
विशाल कैनीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, नवराज उप्रेतीको छायाङ्कन छ । भिडियोमा एक युवतीको बदलाको कथा पनि समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण