भारतीय बजार जोगवनीको तनाव साम्य, दुवै पक्ष वार्तामा बसे
विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीमा उत्पन्न तनाव साम्य भएको छ । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै मुस्लिम समुदायले विरोध सुरु गरेपछि त्यहाँ तनाव सिर्जना भएको थियो ।
हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको मुस्लिम समुदायको भनाइ छ । त्यसपछि बजरंग दलका युवाहरू आइपुगेपछि मुस्लिम र हिन्दु समुदायबिच दोहोरो झडप भएको थियो ।
घटनाको कारण बजार बिहान तनावग्रस्त बनेको थियो । जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो । चाडपर्व र अरू बेला पनि दैनिक सयौँ नेपाली किनमेलका लागि जोगवनी पुग्ने गरेका छन् ।
जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबिच भागदौड मच्चिएको थियो । किनमेलका लागि गएकाहरू भागेर नेपाल फर्किएका थिए । अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको थियो ।
तनावको कारण किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकेको थियो । जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको थियो,’ मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ।।।अहिले भने अवस्था सामान्य भएकोले र आवतजावत सुचारु भएको छ ।’
घटनापछि रानी नाकामा अहिले ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सुरक्षाकर्मीले बिहान जोगवनी जान लागेका नेपालीहरूलाई सीमा क्षेत्रमै रोकेका थिए । करिब ११ बजेदेखि सुरु भएको तनाव अपराह्नबाट नियन्त्रणमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
-
हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण