एसिया कप : भारतले ट्रफी लिएन, पाकिस्तानले पुरस्कार रकम
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटको उपाधि भारतले जित्यो । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो पक्षमा बनायो । सन् २०२५ को एसिया कपमा तेस्रो पटक भारतले पाकिस्तानलाई हराउन सफल भएको हो ।
प्रतियोगितामा बलियो मानिएको भारत अपराजित हुँदै उपाधि जित्न सफल भयो । तर, उपाधि जित्ने क्रममा भारतले पाकिस्तानविरुद्धको सबै खेललाई खेल भावनाका रूपमा मात्र हेरेन त्यसलाई ‘राजनीतिक’ रूपमा पनि लियो ।
उपाधि जितेको भारतले ट्रफी लिएन । भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको हो । यस कारणले पुरस्कार वितरण समारोह सुरु हुन एक घण्टा ढिलो भएको थियो ।
नक्वीको दबाबमा भारतीय टोलीलाई अरू कुनै पनि अधिकारीबाट ट्रफी लिन अनुमति दिइएन । त्यसपछि भारतीय खेलाडीहरूले ट्रफी बिना नै मैदानमा खुसी मनाए ।
त्यसपछि पाकिस्तानका कप्तान सलमान अली आगाले भने पीसीबी प्रमुख मोहसिनबाट पुरस्कार रकमको चेक समातेर फोटो खिचेर चेकलाई त्यहीँ फाले ।
उनले चेकलाई फाल्दै मुस्कुराउँदै मैदान छोडे । योसँगै एसिया कपको ट्रफी र पुरस्कार रकम दुवै टोलीले लिन मानेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
-
हुम्लामा सहुलियतको चामल बिक्री सुरु
-
कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण