मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेपालको ऐतिहासिक जितपछि रंगशाला निर्माणमा प्रचण्डको ध्यानाकर्षण

मङ्गलबार, १४ असोज २०८२, ०० : ०५
मङ्गलबार, १४ असोज २०८२

काठमाडौं । नेपालले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजलाई त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको ऐतिहासिक क्षणमा नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक एवम् पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

प्रचण्डले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै संकटको घडीमा आशा र उत्साह जगाउने नेपाली टोलीको प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरेका छन्।

यस अवसरमा उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाएका रंगशालाहरूको पूर्वाधार निर्माण कार्यलाई अझ प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले लेखेका छन्, 'राष्ट्रिय क्रिकेट टिम नेपाल, तपाईं हामी सबैको अभिमान र गौरव, हार्दिक बधाई।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप