अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँ – मिराज ढुंगाना
सारांश
- जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै पनि आन्दोलन नहुने बताएका छन्।
- ढुंगानाले सामाजिक सञ्जालमा फैलिएको हल्लाको खण्डन गर्दै हिंसात्मक प्रदर्शनमा संलग्न नहुने स्पष्ट पारे।
- उनले जेनजीहरू देशमा शान्ति कायम राख्न चाहन्छन् र एजेन्डा बिना कुनै पनि आन्दोलनको औचित्य नभएको बताए।
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीको कुनै पनि आन्दोलन नभएको बताएका छन् ।
ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा हल्ला फैल्याएको भन्दै त्यस्तो कुनै आन्दोलन भएको स्पष्ट बनाएका हुन् । उनले जेनजीहरुले गर्ने एजेन्डाबिना आन्दोलन अर्थ नभएको भन्दै आफूहरू यसमा संलग्न नहुने बताए ।
उनले जेनजीहरूले देशमा कायम भएको शान्ति विथोल्न नचाहेको बताए ।
उनले भनेका छन्, ‘धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । म प्रस्ट्याउन चाहन्छु अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनौँ । शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।’
उनले एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नभएको पनि बताएका छन् ।
उनले भने, ‘गत अक्टोबर ८ मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौँ । अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट । एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिदैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण