पछिल्लो २४ घण्टामा रौतहट र पर्सामा अत्यधिक वर्षा
सारांश
- मौसम विज्ञान विभागका अनुसार रौतहटमा पछिल्लो २४ घण्टामा ३५३ मिलिमिटर वर्षा भएको छ।
- ललितपुर, काठमाडौं र भक्तपुरमा पनि भारी वर्षा भएको छ, जसले बाढीको खतरा बढाएको छ।
- विभागले आज साँझदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए । उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो शनिबार राति ८स्३० बजेको अद्यावधिक विवरण हो ।
पछिल्लो २४ घण्टाको तथ्याङ्क विश्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरूमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो । बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ । ललितपुरमा पनि भारी वर्षा भइरहेको छ ।
ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ ।
चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटरको बिचमा वर्षा हुने जिल्लाहरू भने दर्जनौँ रहेका छन् । विभागको बाढी पूर्वानुमान महाशाखाले अहिलेसम्म ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गरिसकेको जनाएको छ ।
रौतहट, बारा, पर्सा वर्षा मापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरन समेत बजाइएको छ । राति पनि भारी वर्षा जारी रहने भएकाले सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
अहिले बङ्गालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले आज साँझदेखि आउँदो २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेश,बागमती प्रदेश, मधेस प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित)
-
प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत
-
रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे निर्वाचित भए ?
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण