दुई दिनमा विभागले पठायो ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना एसएमएस
आइतबार, १९ असोज २०८२, १८ : ०२
सारांश
- पछिल्ला दुई दिनमा देशभरका नागरिकलाई बाढी पूर्वसूचना सन्देश पठाइएको छ।
- जल तथा मौसम विभागले नेपाल टेलिकम र एनसेल मार्फत एसएमएस पठाएको हो।
- अविरल वर्षाका कारण बाढी, पहिरो र जलमग्न हुने जोखिम बढेकाले सतर्क रहन आग्रह गरिएको छ।
काठमाडौँ । पछिल्ला दुई दिनमा देशभरका नागरिकलाई करिब ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना सन्देश पठाइएको छ।
जल तथा मौसम विभागले असोज १८ गतेदेखि हालसम्म नेपाल टेलिकम र एनसेल एक्जीयटा मार्फत जम्मा ६५ लाख १६ हजार २९६ वटा एसएमएस पठाइएको जानकारी दिएको हो ।
विभागले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र जलमग्न हुने जोखिम बढेकाले जनसाधारणलाई सतर्क रहन आग्रह गर्दै सो सूचना पठाएको जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण