काभ्रेमा पहिरोसँगै आएको ढुंगाले लागेर एक जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, २० : ११
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पहिरोसँगै आएको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भैंसे घर भएकी ५६ वर्षीया बिमलादेवी तामाङ छिन् ।
आइतबार अपराह्न ४ बजेतिर वर्षा रोकिएपछि आएको पहिरोसँगै खसेको ढुंगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्कीले रातोपाटीलाई बताए ।
घर नजिकै लुगा धुन जाने क्रममा उनलाई ढुंगाले लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण