नेपाल एयरलाइन्सले सोमबार उद्धार उडान गर्दै, कति छ भाडादर ?
सारांश
- नेपाल एयरलाइन्सले बाढीपहिरो प्रभावितका लागि भोलि विशेष उद्धार उडान भर्ने भएको छ।
- उडान काठमाडौं-भैरहवा-काठमाडौं सेक्टरमा हुनेछ, जसमा अशक्त र वृद्धवृद्धाहरूलाई प्राथमिकता दिइनेछ।
- काठमाडौंबाट दिउँसो १ बजे र भैरहवाबाट २:४५ बजे उडान हुनेछ, प्रतिव्यक्ति ३० केजीसम्म सामान लैजान पाइनेछ।
काठमाडौं । बाढी र पहिरोका कारण देशभर सिर्जित विषम परिस्थितिमा नेपाल एयरलाइन्सले भोलि (सोमबार) एक विशेष उद्धार उडान सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय ध्वजावाहकको जिम्मेवारी र नेपाल सरकारको निर्देशनअनुसार काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा उद्धार उडान सञ्चालन गर्न लागेको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ।
एयरलाइन्सका अनुसार उक्त उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकता दिइने छ।
उक्त उडान काठमाडौंबाट दिउँसो १ बजे र भैरहवाबाट काठमाडौंका लागि दिउँसो २:४५ बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ। यात्रुहरूलाई अधिकतम ३० केजी सम्म लगेजको अनुमति दिइएको प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
भाडादरका लागि काठमाडौं–भैरहवा सेक्टरमा रु. ५ हजार र भैरहवा–काठमाडौं सेक्टरमा रु. ७ हजार तोकिएको छ।
एयरलाइन्सले उडानमा यात्रा गर्न इच्छुक यात्रुहरूलाई समयमै अनलाइन प्रणाली, एयरलाइन्सको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट सुनिश्चित गर्न आग्रह गरेको छ।
_RNeHiPPKH1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण