बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट यसवर्षको मनसुन बाहिरियो

सोमबार, २० असोज २०८२, १४ : २६
सोमबार, २० असोज २०८२

सारांश

  • सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट यस वर्षको मनसुन बाहिरिएको छ।
  • गण्डकी प्रदेशको पश्चिमी भूभागबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो।
  • मौसम महाशाखाका अनुसार केही दिनमा नेपालको बाँकी भूभागबाट पनि मनसुन बाहिरिने सम्भावना छ।

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो । 

महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । 

महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप