भारतका प्रधानन्यायाधीश गवईमाथि इजलासभित्रै जुत्ता प्रहार
सारांश
- भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार भएको छ।
- अधिवक्ता राकेश किशोरले हिन्दु सनातन धर्मको अपमान सहन नसकेको भन्दै जुत्ता हानेका थिए।
- प्रहरीले अधिवक्ता किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान करिब ११ : ३५ बजेको समय कोठा नं १ मा रहेको इजलासमा ७१ वर्षका अधिवक्ता राकेश किशोरले सुनुवाइका क्रममा आफ्नो जुत्ता फुकालेर गवईतर्फ फ्याँकेका थिए ।
जुत्ता प्रहार गरेका अधिवक्ता किशोरले हिन्दु सनातन धर्मको अपमान सहन सकिन्न भनेका छन् । गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए ।
सोही आदेशलाई लिएर अधिवक्ता किशोर असन्तुष्ट रहेको खुलेको छ । जुत्ता फाले लगतै प्रहरीले अधिवक्ता किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनी सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण