सर्लाहीको हर्दी खोलामा महिलाको शव फेला
सोमबार, २० असोज २०८२, १६ : ४४
सारांश
- सर्लाहीको हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ।
- मृतक महिलाको पहिचान खुलेको छैन, प्रहरीले अनुसन्धान गरिरहेको छ।
- प्रहरीका अनुसार महिलाको शव पोस्टमार्टमका लागि पठाइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मृतक महिलाको नाम, थर र वतन खुल्न सकेको छैन । उनका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी महिलाको पहिचान खुलाउने प्रयास भइरहेको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार महिलाको खोलाले बगाएर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण