एसियन कप छनोट खेल्ने नेपाली टोली भियतनाम प्रस्थान
सारांश
- नेपाली फुटबल टोली एएफसी एसियन कप छनोटका लागि भियतनाम प्रस्थान गरेको छ ।
- टोली मंगलबार दिल्ली हुँदै भियतनाम जाने एन्फाले जनाएको छ, र टोलीलाई सोमबार बिदाइ गरिएको थियो।
- एसियन कप छनोटमा नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्नेछ, र शीर्ष स्थानमा रहने टोलीले २०२७ को एसियन कप खेल्नेछ।
काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली मंगलबार दिल्ली हुँदै भियतनाम जाने भएको हो । भियतनाम जाने टोलीलाई एन्फाले सोमबार बिदाइ गरेको थियो ।
एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणमा सहभागिता जनाउनेछ ।
नेपाली टोली:
किरण कुमार लिम्बू, विशाल सुनार, दीप कार्की, सुमन श्रेष्ठ, अनन्त तामाङ, अभिषेक लिम्बू, रोहित चन्द, सनीश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ, विमल पाण्डे, मणिकुमार लामा, रोहन कार्की, एरिक विष्ट, कुशल देउवा, कृतिशरत्न छुन्जु, आयुष घलान, मनिष डाँगी, दीनेश हेन्जन, लाकेन लिम्बू, सुवास वम, अञ्जन विष्ट, जिलेश्पीजंग कार्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण