धनुषामा करेन्ट लागेर एक पुरुषको मृत्यु
सारांश
- धनुषाको विदेह नगरपालिकामा करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ।
- पण्डितलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरे।
- प्रारम्भिक अनुसन्धान अनुसार, घरको गेट बन्द गर्ने क्रममा करेन्ट लागेको थियो।
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबीमा गएराति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार गएराति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा फलामे गेटमा करेन्ट प्रवाह भई पण्डित गम्भीर घाइते भएका थिए ।
उनलाई तुरुन्तै उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पण्डित जन्मजात अपाङ्ग थिए र राति सुत्ने क्रममा घरको मुख्य गेट बन्द गर्न खोज्दा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।
घरमा बिजुलीको तार कटेर गेटमा करेन्ट प्रवाह भएको कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । स्थानीयहरूका अनुसार हरि पण्डित बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउँदै आएका मेहनती व्यक्ति थिए । उनको परिवारमा एक छोरा र एक छोरी रहेका छन् । छोरा विदेशमा छन् भने छोरी विवाह भई ससुरालीमा बस्छिन् । श्रीमती भने श्रीमानको निधनको समाचार सुनेपछि अचेत अवस्थामा रहेको परिवारजनले बताएका छन् ।
मृतकको शवको पोष्टमार्टम जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको छ । परीक्षणपछि शव परिवारको जिम्मा लगाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण