जेनजी आन्दोलनका घटनामा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने
सारांश
- जाँचबुझ आयोगले प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने जनाएको छ।
- गृह मन्त्रालयको विज्ञप्तिमा ध्यानाकर्षण जनाउँदै, आयोगले फौजदारी कसूरमा तत्काल कारबाही गर्न सूचित गरेको छ।
- आयोगले भाद्र २३ र २४ गतेका घटनामा भएका क्षतिको विश्लेषण र अध्ययन गरिरहेको छ।
काठमाडौँ । भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट गरेको छ ।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिमा उल्लेखित विषयमा ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।' गृह मन्त्रालयले भने विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो ।
जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम गठन गरिएको आयोगले मिति असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको हो । आयोगलाई भाद्र २३ र २४ का घटनामा भएका क्षतिबारे सूचना, निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय सहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार आयोगले प्राप्त सूचना र निवेदनका आधारमा अध्ययन र विश्लेषणको काम अगाडि बढाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण