बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

गीतकार गिरीको ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक

बिहीबार, २३ असोज २०८२, ०८ : ०९
बिहीबार, २३ असोज २०८२

सारांश

  • गीतकार विदुरराज गिरीको गीत 'राष्ट्रसेवक सिपाही' सार्वजनिक भएको छ।
  • गीतमा नेपाली सेनाको निस्वार्थ सेवा र देशप्रतिको समर्पणको भावना व्यक्त गरिएको छ।
  • राजकुमार आलेमगर र प्रमिला बानियाँको स्वर रहेको गीतमा दिक्पाल कार्की र साक्षी लम्सालको अभिनय छ।

काठमाडौँ । गीतकार विदुरराज गिरीको नेपाली सेनाप्रति समर्पित गीत ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक भएको छ।

गीतमा नेपाली सेना कसरी निस्वार्थ सेवामा समर्पित छ भन्ने सन्देश छ । जहाँ जस्तोसुकै परिस्थिति आउँदासमेत नेपाली सेना सधैँ  घर–परिवारको मायालाई मनमा राख्दै, दिनरात देश र जनताको सेवामा समर्पित छ भन्न खोजिएको छ ।

गीतमा राजकुमार आलेमगर र प्रमिला बानियाँको स्वर र विशेष पौडेलको एरेन्ज तथा कम्पोज ,कुमार थापाको मिक्सिङ् छ ।

गीतको भिडियोमा दिक्पाल कार्की र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ। भिडियोमा बालकालकारहरू सम्भव राज गिरी र वैभव राज गिरीको समेत अभिनय छ । गीतको भिडियो उमेश गुरुङले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप