सर्लाहीमा सर्पदंशबाट महिलाको मृत्यु
सारांश
- सर्लाहीको कौडेनामा गोमन सर्पले डसेर एक महिलाको मृत्यु भएको छ।
- ४२ वर्षीया नयनदेवी यादवलाई सर्पले डसेपछि अस्पताल लैजानुअघि झारफुक गरिएको थियो।
- उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषित गरे।
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२ फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । गोमन सर्पको डसाइपछि समयमा अस्पताल नपुग्दा स्थानीय एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय रवीन्द्र यादवकी श्रीमती ४२ वर्षीया नयनदेवी यादवलाई हिजो दिउँसो गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि परिवारका सदस्यले उनलाई नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए । तर, अवस्था गम्भीर भएपछि मात्रै उनलाई अस्पताल ल्याइएको थियो ।
परिवारका सदस्यहरूले नयनदेवीलाई पछि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याए, तर अस्पताल पुगेका बेला चिकित्सकहरूले उनलाई मृत घोषित गरे । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बिरामीको मृत्यु भइसकेकाले सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन सम्भव भएन ।
प्रादेशिक अस्पतालले मृत घोषणा गरेपछि पनि परिवारले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याएका थिए । उपचार केन्द्रका इन्चार्ज तथा स्वास्थ्यकर्मी जगर्नाथ यादवका अनुसार बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान सुझाव दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण