तटबन्ध भत्किँदा करोडौँको माछा बगायो
सारांश
- महोत्तरीमा रातो नदीले तटबन्ध भत्काउँदा माछापालक किसानका करोडौँ मूल्य बराबरको माछा बगायो।
- बाढीका कारण जलेश्वर नगरपालिकासहित विभिन्न क्षेत्रका पोखरीमा क्षति पुग्यो, करिब ३५ हजार क्वीन्टल माछा बगेको अनुमान छ।
- माछापालक किसानहरूले सरकारसँग क्षतिपूर्ति र अनुदानको माग गरेका छन् किनभने बैंकबाट लिएको ऋणले माछा पालन गरेका थिए।
महोत्तरी । यहाँको रातो नदीले तटबन्ध भत्काउँदा माछापालक किसानका करोडौँ मूल्य बराबरको माछा बगाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका ८०० हेक्टर पोखरीमध्ये ४०० हेक्टर पोखरीमा बाढीको पानी पसेर अनुमानित रु १० करोड बढी मूल्य बराबरको माछा बगाएको माछापालकहरुको दाबी छ ।
गत आइतबार र सोमबारको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका र एकडारा, महोत्तरी, पिपरा गाउँपालिकाको करिब दुई सयवटा पोखरीको करिब ३५ हजार क्वीन्टल माछा बगाएको माछापालक मनरासिश्वा–५ का रामसुदिश शरणले जानकारी दिए ।
सो तटबन्ध भत्किँदा रामविशेष शरण, सुशिलसहनी, भरत सहनी, जामुनमुखिया, सुनिल साह, शङ्कर साह, रञ्जीत शरण, फूलकुमारीदेवी, मरमानन्द मुखिया, ईनरजीत मुखियालगायतका दर्जनौँ पोखरी डुबेको तथा करोडौँ मूल्य बराबरको माछा बगाएको जलेश्वर नगरपालिका–१ का माछापालक शङ्कर साहले बताए ।
बैङ्कबाट कर्जा लिएर पालन गरेको माछा बाढीले बगाएपछि पीडितहरुले सरकारसँग अनुदान तथा क्षतिपूर्तिको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण