सिरहाको बलान नदी किनारबाट २ क्विन्टलभन्दा बढी गाँजा बरामद
सारांश
- सशस्त्र प्रहरी बलको गस्ती टोलीले सिरहाको बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ।
- प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्ति वा समूहको खोजी गरिरहेको छ।
- भगवान गाउँपालिका-२ स्थित बलान नदी किनारमा गाँजा लुकाएर राखिएको थियो।
सिरहा। सिरहाको भगवानपुर गाउँपालिका–२ स्थित बलान नदी किनारबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। शुक्रबार बिहान करिब ३ बजे विशेष अपरेसनका क्रममा सशस्त्र प्रहरी बल, नेपालले २ क्विन्टल १९ किलो ४ सय ग्राम गाँजा नियन्त्रणमा लिएको हो।
सीमा सुरक्षा गुल्म ईनर्वाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दराज राईको कमान्डमा खटिएको टोलीले यो सफलता हासिल गरेको हो। सशस्त्र प्रहरीका अनुसार गाँजा बलान नदीको किनारमा बोराभित्र लुकाएर राखेको अवस्थामा फेला परेको थियो। यद्यपि, गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने अन्धकारको फाइदा उठाएर घटनास्थलबाट फरार भएका छन्।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइने ७ नम्बर बाहिनीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम बाबु यादवले जानकारी दिएका छन्। गाँजा तस्करहरूले नेपालका विभिन्न नदीहरू प्रयोग गरी लागुऔषध गाँजा भारततर्फ तस्करी गर्ने गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण